लकडाउनमा चीनको नेपाललाई उपहारः खुल्यो तातोपानी नाका

काठमाण्डु टुडे २०७६ चैत २७ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, २७ चैत– चीनले विगत ३ महिनादेखि बन्द रहेको तातोपानी नाका खोलेको छ ।

बुधबार साँझदेखि नाका सञ्चालनमा आएको हो । नेपालले पटकपटक नाका सञ्चालनमा ल्याउन चीनलाई आग्रह गर्दै आएको थियो । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएपछि चीनले गत माघदेखि नाका बन्द गरेको थियो ।

तर, नेपालमा महामारी रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री र खाद्यान्न आयातका लागि नाका खोल्न जरुरी भएको भन्दै सरकारले लबिङ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us