काठमाण्डु, २६ चैत– नेपाल आयल निगमले अबदेखि खाना पकाउने एलपी ग्यास भरी सिलिण्डर बिक्री गर्ने भएको छ ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले आइतबारदेखि भरी सिलिण्डर ग्यास बजारमा बिक्री गर्ने निर्णय गरेको हो ।
यसअघि लकडाउन हुने बित्तिकै उपभोक्ताले अनावश्यक रुपमा बढी खरिद गरेका कारण बजारमा अभाव भएपछि निगमले आधा सिलिण्डर मात्र ग्यास वितरण गरेको थियो ।
तर, हाल बजारमा माग ह्वात्तै घटेको र आपूर्ति पनि नियमति भएकाले भरी सिलिण्डर ग्यास बिक्री गर्न लागिएको निगमले जनाएको छ ।
एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले निगमले आइतबारबाट भरी (१४.२) केजी वितरण गर्न निर्देशन दिएको जानकारी दिए ।
बिहीबारबाट भरी सिलिण्डर भर्न सुरु हुने र आइतबारदेखि बजारमा पठाइने उनले बताए ।