महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको गभर्नर

काठमाण्डु टुडे २०७६ चैत २४ गते १६:२९ मा प्रकाशित

काठमाण्डु,२४ चैत– महाप्रसाद अधिकारी नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्तिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले अधिकारीसहित पूर्वसचिव डा. राजन खनाल र राष्ट्रबैंका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो ।
नवनियुक्त गभर्नर अधिकारी लगानी बोर्डका कार्यकारी अधिकृत हुन् । यसअघि चिरिञ्जिवी नेपाल गर्भनर हुँदा समेत उनको नाम सिफारिसमा परेको थियो । बैंकहरुको नियामक निकाय राष्ट्र बैंक तत्कालीन गभर्नर चिरञ्जिवी नेपालको अवकाशसँगै गत ५ चैतदेखि नेतृत्वबिहीन थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us