कोरोना भगाउने मोदीको नयाँ सूत्रः बिजुली निभाएर दिगो र मैनबत्ती बाल्न अपिल

काठमाण्डु टुडे २०७६ चैत २२ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २२ चैत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोेरोना भाइरस (कोभिड–१९) विरुद्ध जुध्न बिजुली निभएर दिगो बाल्न नागरिकसमक्ष अपिल गरेका छन् ।

आगामी ५ अप्रिलको राति ९ बजे घरमा बिजुली बत्ती निभाएर ढोका बाल्कोनीमा उभिन मोदीले भनेका छन् । उक्त ९ मिनेट मैनबत्ती, दियो, टर्च लाइट वा मोबाइलको फ्ल्यास लाइट बाल्न मोदीको आग्रह छ । सो दिन मोदीले जनतासँग ९ मिनेटको समय मागेका छन् । ‘५ अप्रिलको राति ९ बजे सबै मिलेर कारोना संकटको अन्धाकारलाई चुनौती दिनुछ’, मोदीले भनेका छन्, ‘ त्यो ९ मिनेट मैनबत्ती, दियो, टर्च लाइट वा मोबाइलको फ्ल्यास लाइट बालौं, कोरोनालाई उज्यालोको ताकत देखाइदिऔं ।’

मोदीले दियो, मैनबत्ती वा टर्च लाइट बाल्दा एकै ठाउँ भेला नभई सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । जनतामा ईश्वरीय शक्ति रहेको भन्दै उनले १ सय ३० करोड जनता एकैपटक बत्ती लिएर उठ्दा भारतीयको मनोबल बढ्ने र महाशक्तिको जागरण प्राप्त हुने विश्वास मोदीको छ । शनिबार ११ मिनेट लामो भिडियो सन्देश जारी गर्दै उनले भने, ‘आउनुहोस् साथमा मिलेर कोरोनालाई हराऔं, भारतलाई विजयी बनाऔं ।’

 

यसअघि मोदीले कोरोनाविरुद्ध लड्न गत २२ मार्चमा थाल ठटाउन र घण्टी बजाउन मुलुकबासीलाई आग्रह गरेका थिए । उनले कोरोनाबाट सबैभन्दा पीडित गरिब जनता भएको चर्चा गर्दै उनले अँध्यारोबाट उज्यालोतर्फको यात्रामा जान सबैले सरकारलाई साथ दिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us