काठमाण्डु, १२ चैत – निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक एनसेलले कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणलाई मध्यनजर गर्दै आफ्ना ग्राहकका लागि विशेष सुविधा दिने भएको छ ।
एनसेलले एक जिम्मेवार र अत्यावश्यक सेवा प्रदायकको रुपमा वश्वव्यापी रुपमामहामारीको रुपमा फैलिएको कोभिड– १९ ले आफ्नो कार्यस्थल नगई प्रविधिको प्रयोग गर्दै घरबाटै काम गर्न सक्षम हुनुपर्ने नयाँ चुनौती खडा गरेको र परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहनुपर्ने अवस्थालाई ध्यान दिँदै सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिबद्ध रहेको जनाएको छ । एनसेलले सञ्चार सेवाको पहुँचलाई अझै सरल र सुलभ बनाउँदै ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशतबोनस र स्टे होम प्याकजस्ता सेवा ल्याएको हो ।
ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्यतथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमाब्यालेन्स रकमउनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् । हालको परिस्थितलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सीमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पु¥याएको एनसेलले जनाएको छ ।
प्रिपेड ग्राहकले १० देखि ५०० रुपैयाँसम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् । ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् । एस्ट्रि«क्स १७१२२ एस्ट्रि«क्स पाउने व्यक्तिको मोबाइलनम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।
त्यस्तै एनसेल सापटी सेवाअन्तर्गतको सापटी रकमलाई बढाइएको छ । यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम ४० देखि अधिकतम २०० रुपैयाँसम्म सापटी लिन सक्नेछन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी मात्र २ रुपैयाँको सेवा शुल्कमा सापटी लिन सक्नेछन् ।
त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस पाइने योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत एनसेल काग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । यो योजनाअन्तर्गत ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप २५ प्राप्त गर्नेछन् । त्यस्तै ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप २५० प्राप्त गर्नेछन् । बोनस रकम सोही दिनको मध्य रातिसम्म मान्य हुनेछ ।
विपद्को घडीमा कार्यलयको कामकाज घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याकस्टे होम प्याक ल्याएको छ । ग्राहकले कर बाहेकमात्र २३० (कर सहित २९३.६९) मा यो प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुनेछ । यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरातदेखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गनपर्ने हुन्छ ।
ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी स्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । प्याकअन्तर्गतको डेटा भोलुम सकिएपछि विद्यमान पे एज यु गो अनुसारको डेटा शुःल्क लाग्नेछ ।
एनसेलले यो योजनाअन्तर्गतको सबै अफर ३० दिनका लागि संचालनमा रहनेछ जनाएको छ ।