ललितपुर, १० चैत — ललितपुरका व्यापारीहरुले आज बाट चैत ३१ गतसम्म आफ्ना सम्बन्धीत संस्था बन्द गर्ने निर्णय गरेका छन् ।
बन्द गर्ने संस्थामा ललितपुर चेम्बर अफ कमर्श, ललितपुर तयारी पोशाक व्यापार संघ र कुमारीपाटी जावलाखेल व्यापार संघ रहेका छन् । यी संस्थाले विज्ञप्ति जारी गरेर व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन ।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विश्वप्यापरु रुपमा फैलिरहेको कोरोना कोभिड १९ भाइरसका कारण सबैलाई सुरक्षित रहन सेल्फ क्वारेन्टाईनमा बस्न भनेपछि ललितपुरमा व्यापारमा संलग्नहरुलाई समेत उक्त सेल्फ क्वारेन्टाईनमा सहज होस भन्नलाई व्यापार बन्द गर्ने निर्णय गरेको जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।