काठमाण्डु , १० चैत — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
आज तोलामा ५ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।