तोलामै २ हजारले घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ चैत ४ गते ११:४६ मा प्रकाशित

काठमाण्डु , ४ चैत – साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ। हिजो सोमबार तोलामा ५ सय रुपैयाँ बढेको सुन आज एकै दिन तोलामा २ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंघको सूची अनुसार, आज छापावाल सुन प्रतिताला ७५ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ७७ हजार ५ सय तथा तेजावी सुन ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि ८० रुपैयाँ गिरावट आएको छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us