काठमाण्डु, ३ चैत – साताको दास्रो दिन आज नेपाली बजारमा सुनको भाउ केही बढेको छ । आज तोलामा ५ सयले बढको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 
आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ७७ हजार ५ सयमा कारोबार भइरहेको महासंघले बताएको छ ।
त्यस्तै , चाँदीको मूल्य पनि केहि बढेको छ । आज चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।