नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ फागुन २९ गते १५:२८ मा प्रकाशित

काठमाण्डु , २९ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाचौँ दिन आज बिहिवार ४५ दशमलव ९१ अंकले घटेर १ हजार ३ सय ७७ दशमलव १८ विन्दुमा थामिएको छ भने २ अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भएको छ ।
दुई अर्ब २० करोड रुपियाँको शेयर किनबेच भएको छ । जसमा सबैभन्दा धेरै बाणिज्य बैंक समूहको ९१ करोड कारोबार भयो भने कम्पनीतर्फ धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रता कायम रह्यो । यो कम्पनीको सेयर १९ करोड ८२ लाख रुपियाँको कारोबार भयो । समूहगत कारोबारतर्फ बाणिज्य बैंक समूहको सुचक तीन दशमलव २३ अंकले घटेको छ ।
कुनै पनि समूहमा सुधार आउन सकेन् । होटल र निर्जीवन बीमा समूहको सुचक पाँच प्रतिशतभन्दा बढिले घटेका छन् । जलविद्युत र लघुवित्तका सुचकहरुको गिरावट पनि तीन प्रतिशतभन्दा माथि छ । कुल १८२ कम्पनीको कारोबार भएकोमा नाफा गर्ने कम्पनीको संख्या जम्मा नौ वटा छ । बाँकी कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us