काठमाण्डु , २९ फागुन – साताको बिहिबार आज तोलामै ८ सयले घटेको छ । बुधबार तोलाको ४ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला ८ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यसै गरी तेजावी सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज नेपाली बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।