सुनको मूल्य तोलामा ४ सयले घट्यो

काठमाण्डु टुडे २०७६ फागुन २८ गते ११:३६ मा प्रकाशित

काठमाण्डु,२८फागुन–नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ७ सय रहेको थियो । साथै आज तेजावी सुनको मूल्य ८२ हजार रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us