काठमाण्डु,२३फागुन– नेपाली बजारमा सुनको भाउले यति बेला आकाश छोएको छ ।
साताको अन्तिम आज शुक्रबार तोलामा १८ सयले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
चाँदी भने तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको छ ।