नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ फागुन २२ गते १५:५५ मा प्रकाशित

काठमाण्डु ,२२ फागुन – आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेरै बन्द भएको छ ।
साताको शुरुआत देखिनै घटेको नेप्से परिसूचकले सोमबार ६ प्रतिशत अर्थात ९६ अंक भन्दा माथीको गिरावट आउँदा कारोबारमा सर्किट ब्रेकसम्म लागउनु परेको थियो ।


लगाम लगाउँदै कारोबार चलाउँदै आएपनि साताको अन्तमा भने ५ दशमलव ५० अंकले गिरावट आई परिसूचक १ हजार ४ सय ३५ दशमलव ७० अंकमा थामिएको छ । भने क बर्गको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १ दशमलव १५ प्रतिशतले घटेर ३ सय ७ दशमलव ७२ अंकमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us