काठमाण्डु , २१, फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको चौधो दिन आज बुधवार भारी गिरावट आएको छ । आज नेप्से ६८.४७ अंकले घटेर १ हजार ४ सय ४१ दशमलव २० विन्दुमा कायम भएको छ भने २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ बराबरको कारोबार भएको छ । 
समूहको सुचक चार दशमलव ५४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा र लघुवित्त समूहका सुचकहरु छ प्रतिशतभन्दा बढिले घटेका छन् । जीवन बीमा समूहको सुचकको गिरावट पनि पाँच प्रतिशतभन्दा बढि रहेको छ ।
आज कुल १७४ कम्पनीको सेयर कारोबार भएकोमा नौ वटा कम्पनीको सेयरमा मात्रै सुधार आएको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । धेरै गुमाउनेमा नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता छन् । बजारमा देखिएको अस्थिरताका कारण विशेषगरी साना लगानीकर्ताहरुमाथि ठूलो मार परेको छ । ठूला कम्पनी र लगानीकर्ताहरुको स्वार्थमा हुने चलखेलका कारण हरेक पल्ट साना लगानीकर्ताहरु शोषणमा पर्ने गरेको देखिएको छ ।