काठमाण्डु , २० फागुन – नेपाल स्टक एकसचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन मंगलबार सामान्य सुधार देखिएको छ । हिजो सोमबार ९६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको हो । 
आज नेप्से १४.३७ अंकले बढेर १ हजार ५ सय ९ दशमलव ६७ विन्दुमा कायम भएको छ भने पौने ४५ अर्वको कारोबार भएको छ ।