काठमाण्डु , १९ फागुन – साताको दोस्रो दिन आज सुनको भाउ स्थिर रहेको छ । हिजो आइतबार तोलामा १२ सय रुपैयाँ बढेको सुन आज स्थिर रहेको हो ।
आज छापावाल सुन प्रतितोला ७८ हजार तथा तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज सुनसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ६० रुपैयाँ रहेको छ।