काठमाण्डु , १८ फागुन – साताको पहिलो दिनमै आइतबार सुनको मुल्यमा भारी गिरावट आएको छ ।
शुक्रबार प्रतितोला ७९ हजार २०० मा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १२ सयले घटेर प्रतीतोला ७८ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , आज तेजावी सुनको मूल्य आज ७७ हजार ७०० सय कायम गरिएको छ ।
आज चाँदीको मुल्य तोलामा रु २० ले घटेर प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका बताएको छ ।