काठमाण्डु , १६ फागुन – साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।
हिजो प्रतितोला ७९ हजार ७ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा ५ सयले घटेर प्रतितोला ७९ हजार २ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै ,तजावी सुन आज प्रतितोला ७८ हजार ९ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी , आज चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।