काठमाण्डु , १५ फागुन – आज नेपाली बजारमा सुनको भाउ बढेको छ ।
मंगलबार र बुधबार लगातार घटेको सुनको भाउ आज पुनः उकालो लागेको हो ।आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ७९ हजार ४ रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको छ ।