काठमाण्डु , १४ फागुन- दूई बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने कम्पनीहरुमा एक निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी रहेको छ भने अर्को जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।
नेको इन्स्योरेन्स कम्पनीले म्यानेजर असिस्टेन्टका लागि १ जना, सिएका लागि २ जना, सिनियर अफिसरका लागि २ जना, कार्मेटिङ असिस्टेन्टका लागि १५ जना र जेटिएका लागि ४ जना गरी कूल २४ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो विभिन्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसुक्नुपर्नेछ ।
