काठमाण्डु , १३ फागुन नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा तोकेको छ ।
युरो एकको खरिददर १२४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले बताएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । 