एकै दिनमा १५ सयले बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ फागुन १२ गते ११:३५ मा प्रकाशित

काठमाण्डु , १२ फागुन – नेपाली बजारमा केही दिन देखी बढेको सुनको भाउले फेरि अर्को रेकर्ड तोडेको छ ।

हिजाे आइतबार तोलाको ७८ हजार ८ सयमा कारोवार भएको छापावाल सुन आज तोलामा १५ सयले बढेर प्रतीतोला ८० हजार ३ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी , चाँदी प्रतितोला ९२५ मा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us