नेप्सेमा उछाल, ७० अङ्कको वृद्धि

काठमाण्डु टुडे २०७६ फागुन ११ गते १७:३५ मा प्रकाशित

काठमाण्डु,११फागुन–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अङ्कले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको हो ।

लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुप¥यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो । सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनु परेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस टे«न्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो । यस्ते सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३१७.५० मा पुग्यो ।

कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us