सुनको भाउले इतिहास रच्नेक्रम जारी

काठमाण्डु टुडे २०७६ फागुन ९ गते ११:१२ मा प्रकाशित

काठमाण्डु ९ फागुन – सुनको भाउले आकाश छोएको छ ।

आज फेरि तोलामा ५ सय रुपैंयामा बढेर तोलाको ७८ हजार १ सय रुपैंयामा पुगेकाे छ । आज साताको अन्तिम दिन छापावाल सुन प्रतितोला ७८ हजार १ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन तोलाको ७७ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी चाँदी तोलाको ९ सय १५ रुपैंयामा कारोवार भइरहेको महासंघले बताएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us