काठमाण्डु,८फागुन– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो ।
नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५० अङ्कले वृद्धि भई ३००.४४ मा पुगेको छ ।
नेप्से उच्च अङ्कले वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रक
ममा समेत परेको छ । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ मध्ये दुई उपमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर बढेको छ ।