काठमाण्डु , ६ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ सय विन्दुमा पुगेको छ । नेप्से आज १ दशमलव ७७ अंकले बढेर १ हजार ४ सय दशमलव १ विन्दुमा पुगेको छ भने २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भएको छ । 
आज आधाभन्दा बढि समूहका सुचकहरु घटे पनि बाणिज्य बैंक समूहको सुचक भने बढेको छ । यो समूहको सुचक शुन्य दशमलव ६३ अंकले बढेको छ भने उत्पादन मूलक र म्युचुअल फण्डका सुचकहरुको वृद्धि एक प्रतिशतभन्दा बढि छ ।
अघिल्ला दिनमा उच्च दरमा बढेको राष्ट्रिय बीमा कम्पनीको साधारण सेयरको वृद्धि आज पनि उच्च नै रहयो । यो कम्पनीको सेयर ४६१ रुपियाँले बढेको छ ।