काठमाण्डु , ६ – फागुन नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ ।
सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको निगम स्रोतले बताएको हो । 
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ भएको छ ।
नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले बताएको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।