

काठमाण्डु , १ पागुन — एक नेपालीको भारतमा गोली हानी हत्या गरिएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको हो ।
कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी यादवको हत्या गरेको हो ।यादव बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजका काम गर्दै आएका थिए ।
ग्यासरेजको कामको सिलसिलामा यादवसँगै ग्यारेज धनी सत्येन्द्र यादव पनि सँगै थिए ।सप्तरीका एसपी कृष्ण प्रसाईका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस भइरहेको छ ।
उनले भने, ‘गोली चलेको हल्ला छ । एक युवकको मृत्यु भएको भन्ने खबर आएको छ । यद्यपी घटनाको विस्तृत विवरण आइसकेको छैन् ।’
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।