काठमाण्डु,२९माघ–नेपालस्थित अमेरिकी दुतावासले नेपाली क्रिकेट टोलीले अमेरिकी टोलीमाथि आज ९बुधबार० कीर्तिपुरमा भएको खेलमा जीत हासिल गरेकोमा बधाई दिएको छ।
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको हो।
नेपालका लागि अमेरिकी राजदूत र्याीन्डी बेरीले कीर्तिपूरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पुगेर नेपाल र अमेरिकाका राष्ट्रिय क्रिकेट खेलाडीहरू, नेपाल क्रिकेट संघका पदाधिकारी, तथा अन्य सम्बन्धितहरूसँग भेटघाट गरेको दूतावासले जानकारी दिएको छ।
सो अवसरमा दुबै टिमले राजदूत बेरीलाई आफ्नो टिमको जर्सी उपहारस्वरूप दिएका थिए। ‘अमेरिकी टिमलाई यो एकदिवसीय ऋंखलामा सहभागिताको लागि बधाई साथै भविष्यका खेलहरूको लागि शुभकामना। नेपाली टिमलाई शानदार जीतको लागि बधाई,’ दूतावासले जनाएको छ।