सुनको मूल्य घट्ने क्रम जारी

काठमाण्डु टुडे २०७६ माघ २९ गते ११:२४ मा प्रकाशित

काठमाण्डु , २९ माघ— नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ ।

हिजो  प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज  ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो।
त्यस्तै , तेजावी सुन आज तोलाको ५७ हजार ४ सय रपैंयामा कारोवार भइरहेको छ , भने चाँदी तोलाको ८ सय ७५ रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us