नेप्सेमा सुधार

काठमाण्डु टुडे २०७६ माघ २८ गते १५:५७ मा प्रकाशित

काठमाण्डु , २८ माघ— साताको तेस्रो दिन मंगलबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले सुधार आएको छ । साताको तेश्रो दिन आज नेप्से १७ दशमलव अंकले बढेर १ हजार ३ सय ४१ दशमलब ३८ बिन्दुमा पुगेको छ भने कारोबार १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० भएको छ ।

आज धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार १५ करोड २ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनआइसी एशिया बैंक रहेको छ । जसको कारोबार ११ करोड २३ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने व्यापार मूलक समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । निर्जीवन बीमा समूह, विकास बैंक र म्युचल फण्ड समूहको सूचकमा एक प्रतिशतभनदा धेरैको सुधार आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले सेयर बजारमा हरियाली छाएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा कालीका पावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी दश प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा युनियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । बैंक पाँच दशमलब ०४ प्रतिशतले घाटामा गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us