अब विधुतिय माध्यमबाट उपभोक्ताले भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता पाउने

काठमाण्डु टुडे २०७६ माघ २८ गते ११:३१ मा प्रकाशित

काठमाण्डु , २८ माघ — कुनै पनि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विधुतिय माध्यमबाट गर्दा उपभोक्ताको १० प्रतिशत रकम फिर्ता हुने भएको छ ।

आज मंगलबार अर्थमन्त्री युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेका छन् । यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा समेत सुधार हुने आन्तरिक राजश्व विभागको विश्वास रहेको छ ।
सरकारले यो कार्यक्रमको सुरुवात भने यस वर्षको बजेटमार्फत गरेको थियो । गत पुस २५ बाट यो कार्यक्रम शुभारम्भ गरिने भनिए पनि केही ढिलोगरी आजबाट सुरु भएको हो ।
यस्तो प्रणालीमा सुधार गरेका बिक्रेताहरुबाट एक पटकममा एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु जा सेवाको खरिद गरी विद्युतिय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन् ।
सरकारले विद्युतीय माध्यमबाट भुक्तानीका लागि जनतालाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

कार्यक्रम शुभारम्भ भएसँगै अब उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us