काठमाण्डु , २७ माघ—साताको दोस्रो दिन आज सुनको भाउ घटेको छ ।
हिजो तोलामा ४ सयले बढेको सुनको भाउ आज भने स्थिर रहेर प्रतितोला ७६ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी भने प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।