काठमाण्डु , २४ माघ— साताको सुरुआतदेखि नै बढ्दै आएको नेप्से नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन ८.६७ अंकले घटेर १३३३ दशमलव ६९ अंकमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ परिसूचकसमेत १.८७ अंकले घटेर २८४.०५ अंकमा पुगेको छ ।
बिहीबार जम्मा १७५ कम्पनीको २८ लाख १ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ९३ लाख ४५ हजार ४३६ रूपैयाँको कारोबार भएको छ ।
नेप्सेकानुसार उदधोग र लाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचकहरूमा गिरावट आएको छ । यसैगरि, गुराँस फाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबै भन्दा धेरै ४ करोड ५८ लाखभन्दा धेरै मूल्यको शेयर कारेबार भएको छ । भने सबै भन्दा धेरै कमाउनेमा ग्रिन डेभलप्मेन्ट बैंक लि।का शेयरधनीहरूले प्रति शेयर १० प्रतिशत नाफा कमाउन सफल भएका छन् ।
साथै सबैभन्दा धेरै गमाउनेमा नेपाल फाइनान्स लिमिटेडका शेयरधनीहरूले प्रति शेयर ९.५५४१४ प्रतिशत गुमाएका छन् ।