काठमाण्डु , २३ माघ — नेपाललाई १८ रनले हराएको ओमानले पहिलो पटक अमेरिकासँग आज खेल्दै छ ।
आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा भैरहेको त्रिदेशीय श्रृंखलामा आज ओमान र अमेरिका प्रतिस्पर्धा गर्न लागेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु भएको खेलमा अमेरिकाले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । १२ ओभरको खेल सकिँदासम्म अमेरिकाले २ विकेटको क्षतिमा ३९ रन बनाएको छ । लिग–२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ ।उसले आठ खेलबाट १२ अंक बनाएको छ । ओमान सात खेलमा १० अंक बनाउँदै दोस्रो स्थानमा छ ।
यो खेलमा ओमानले अमेरिकालाई हराएमा अंक बराबरी गर्ने मौका पाउनेछ ।