न्यूरोडमाथि फ्रेन्ड्सको जित

काठमाण्डु टुडे २०७६ माघ २१ गते १८:५५ मा प्रकाशित

काठमाण्डु,२१माघ–सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले न्यूरोड टिममाथि जित हात पारेको छ । दशौं चरणको अन्तिम खेलको अन्त्यतिर गोल गर्दै फ्रेन्ड्सले न्यूरोडमाथि २–० को जित हात पार्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा फ्रेन्ड्सका लागि सञ्जोग महर्जन र वार्नर डी कार्मोले गोल गर्दै एनआरटीमाथि २–० को जित हात पार्न सफल भयो । साउलो डी अक्किनोको लामो पासमा नवीन गुरुङले छिचोल्न नसक्दा ब्याक पासमा सञ्जोगले गरेको प्रहार गोलमा परिणत भयो ।

७८ औं मिनेटमा सञ्जोगले गोल गर्दा फ्रेन्ड्स महत्वपूर्ण खेलमा अग्रता बनायो । ८० औं मिनेटमा कार्मोले एकल प्रयासमा गोल गर्नुहुँदै फ्रेन्ड्सको अग्रतालाई दोब्बर पारे ।
जितसँगै १४ अङ्क पुर्याएको फ्रेन्ड्स च्यासल युथ क्लबलाई पछि पार्दै नवौं स्थानमा उक्लेको छ ।

आठौं स्थानको नेपाल पुलिसको सामान १४ अङ्क नै छ । एन आर टी १५ अङ्कसहित सातौं स्थानमा छ । ११ औं चरणको खेलहरु बिहीबारबाट सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us