घट्यो सबै विदेशी मुद्राको भाउ

काठमाण्डु टुडे २०७६ माघ २१ गते ११:१८ मा प्रकाशित

काठमाण्डु , २१ माघ — आज सबै विदेशी मुद्राको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४१ पैसा तोकेको छ ।
यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ५९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६९ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ४८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ११ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५३ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us