काठमाण्डु,२०माघ–साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहि छापावाला सुन प्रतितोला रु ७६ हजार ५०० मा कारोबार भइरहेको छ ।
यस अघि आइतबार पनि छापावाला सुन प्रतितोला रु ७६ हजार ५०० मा नै कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुनको मूल्य
आज रु ७६ हजार २०० कायम गरिएको छ।