नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ माघ १५ गते १५:२८ मा प्रकाशित

काठमाण्डु , १५ माघ -नेपाल स्टक एक्सचेञ्ज (नेप्सै) परिसूचक आज ० दशमलव ०२ प्रतिशतले घटेर ० .२७ घट्दै १३०५.८८ को बिन्दुमा थामिएको छ ।

आइतबार ओरालो लागेको शेयर बजार परिसूचकमा दोश्रो दिन भने उछाल नै आएका थियो भने तेस्रो दिन सामान्य बढेको थियो ।१ सय ७८ वटा कम्पनीको कारोबार भएकोमा २८ लाख ६८ हजार भन्दा बढी शेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड माथी कारोबार भएको छ । आज ब्यापार, होटल ननलाइफ इन्श्योरेन्स र माइक्रो फाइनन्सबाहेक अन्य उपसूचकमा गिरावट आएको छ ।
त्यस्तै, आज धेरै कारोबार हुनेमा नाडेप लघुबित्त बित्तिय संस्थाको झण्डै ६ करोड ३८ लाख माथि कारोबार भएको छ । त्यस्तै, नाडेप लघुबित्त बित्तिय संस्थाका शेयरधनीहरूले करिव १० प्रतिशतले कमाएका भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्रँहकहरुले करिव ६ प्रतिशतले गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us