नेप्सेमा सुधार

काठमाण्डु टुडे २०७६ माघ १४ गते १५:३१ मा प्रकाशित

काठमाण्डु , १४ माघ – नेपाल स्टक एक्सचेञ्ज (नेप्सै) परिसूचकमा मंगलबार ५ .५२ अंकले बढेको छ ।

साताको दोश्रो दिन नेप्से परिसूचकमा २३ दशमलव ९५ अंकले बढेर १ हजार ३ सय दशमलव ६२ अंकमा कायम भएको नेप्से मंगलबार  दशमलव ४२ प्रतिशतले बढेर १ हजार ३ सय ६ दशमलव १५ अंक पुगेको छ ।
१ सय ७८ वटा कम्पनीको कारोबार भएकोमा ३७ लाख ३९ हजार भन्दा बढी शेयर खरिद बिक्री हुँदा १ अर्ब ४० करोड माथी कारोबार भएको छ । आज बैंकिङ, ब्यापार, होटल र हाइड्रोपावर क्षेत्रको शेयर घटेको देखिएको छ भने अन्य परिसूचकहरु बढेको देखिएको छ ।

त्यस्तै, आज धेरै कारोबार हुनेमा ग्लोबल आइएमई बैंकको झण्डै १० करोडको कारोबार भएको छ । भने शिखर इन्स्योरेन्सका शेयरधनीहरुले कमाएका छन् भने गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका ग्रँहकहरुले ४.४७८३ प्रतिशतले गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us