रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७६ माघ १३ गते ११:११ मा प्रकाशित

काठमाण्डु , १३ माघ – बार्सिलोनालाई उछिन्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा रियल मड्रिडले भल्लाडोलिडलाई १-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा पुगेको हो ।
रियल मड्रिडको जितमा नाचोले खेलको ७८औ मिनेटमा हेड मार्फत गोल गरेका थिए । यो जितपछि बार्सिलोना भलेन्सियासँग २-० ले पराजित भएको फाइदा उठाउदै रियल मड्रिड ला लिगामा शिर्ष स्थानमा उक्लिएको छ ।
२१ खेलमा रियलको ४६ अंक छ भने बार्सिलोनाको ४३ अंक रहेको छ । त्यस्तै भल्लाडोलिडको भने २१ खेलपछि २४ अंक छ र लिगको १६औ स्थानमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us