स्मिथले ईपीएल खेल्ने

काठमाण्डु टुडे २०७६ माघ ११ गते १७:०२ मा प्रकाशित

काठमाण्डु,११माघ–वेष्ट इण्डिजका लेजेन्ड ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो । ३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु ।’

भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म वेष्टइण्डिज र आईपीएल क्रिकेटको पावर हाउसका रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us