नेपालले इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डु टुडे २०७६ माघ ८ गते १४:१९ मा प्रकाशित

काठमाण्डु,८माघ–नेपाली राष्ट्रिय फुटबल टोलीले इंग्ल्यान्डको यू–२३ सी टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलमा लोरेन जोन्सले हस्ताक्षर गरे। सम्झौतासँगै दुई टोलीबीच होम एन्ड अवेको आधारमा दुई मैत्रीपूर्ण खेल हुनेछन्।

नेपाली टोली २०७७ को जेठमा इंग्ल्यान्ड भ्रमणमा निस्कने छ। खेल आगामी जेठ १२ गते अल्डरसट एफसीको मैदानमा हुनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us