एजेन्सी–भारतीय क्रिकेटका अलराउण्डर बापु नदाकर्नीको ८६ वर्षको उमेरमा निधन भएको छ । डिसेम्बर १९५५ मा पहिलो अन्तर्राष्ट्रिय स्पर्धा खेलेका नदाकर्नीले ४१ टेष्ट म्याच खेलेका थिए । २५.७० को औसतले उन एक हजार ४१४ रनसँगै ८८ विकेट लिएका थिए ।
बलिङ्गमा थोरै रन खर्चिने क्रिकेटरको रुपमा विश्व क्रिकेटमा उनले पहिचान बनाएका थिए । उनको इकोनोमी १.६७ मात्रै थियो । बलिङ्गमा थोरै रन खर्चिदा उनलाई विश्वकै दोस्रो सबैभन्दा सफल बलरको रुपमा स्थापित गर्यो ।
भारतले विदेशी भूमीमा पहिलो श्रृखंला जित्दा देब्रे हाते स्पिनर नदाकर्नीले १९६७–६८ मा न्युजिल्याण्ड विरुद्ध वेलिंगटनमा ४३ रन खर्चेर छ विकेट लिएका थिए । यद्दपी उनको सबैभन्दा सफल बलिङ्ग भने जनवरी १९६४ मा मद्रासमा देख्न पाइयो । जहाँ उनले ३२ ओभर बलिङ्ग गर्दा २७ मैडन राखेर मात्र पाँच रन खर्चिएका थिए ।
उनले लगातार २१ ओभर बलिङ्ग गर्दा कुनै रन खर्चिएनन् । होरस हयाजेलले १९४९ मा लगातार १७ ओभर बलिङ्ग गर्दा रन खर्चिनु नभएको कीर्तिमान थियो ।
ब्याटिङ्गमा पनि औसत प्रदर्शन गरेका उनले चार अद्र्धशतक र एक शतक लगाएका छन । इंग्ल्याण्डविरुद्ध कानपुरमा उनले अविजित १२२ रनको योगदान दिएका थिए ।