काठमाण्डु,१माघ–दक्षिण अफ्रिकी अलराउण्डर अब्राहम डिभिलियर्स टी ट्वान्टी विश्वकप क्रिकेटका लागि अफ्रिकी क्याम्पमा फर्किने मनशाय बताएका छन । उनी मई २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन ।
दक्षिण अफ्रिकी क्रिकेट टोलीका कप्तान फाफ डु प्लेसिसले डिभिलियर्सको पुनरागमनबारे सम्वाद भइरहेको बताए । डिभिलियर्स आफैंले पनि चाँडै क्रिकेट ग्राउण्डमा फर्किने आशा गरेको खुलाए ।
क्रिकेट साउथ अफ्रिकाको व्यवस्थापनमा ठूलै बदलाब आएपछि डिभिलियर्सको पुनरागमनको सम्वाद पनि बाक्लिएको छ । सह खेलाडीहरु मार्क बाउचर प्रशिक्षक र ग्रैम स्मिथ क्रिकेट बोर्डका निर्देशकमा नियुक्त भएपछि डिभिलियर्सले फर्किने इच्छा तिब्र बनेको हो ।
डिभिलियर्सले आइ पी एल क्रिकेट पनि नजिकै रहेको जनाउदै सकेजति प्रदर्शनलाई उत्कृष्ट बनाउन प्रयासरत रहेको बताए । आफू प्रशंसक र टोलीलाई निराश बनाउन नचाहेकोले धेरैथोक आफ्नो लय र बोर्डसँगको कुराकानीमा भर पर्ने उनले प्रष्ट्याए ।