म्यानचेस्टर सिटीद्वारा युनाइटेड ३-१ले पराजित

काठमाण्डु टुडे २०७६ पुष २३ गते ११:२३ मा प्रकाशित

एजेन्सी – काराबाओ कप फुटबल अन्तर्गत भएको म्यानचेस्टर डर्बीमा पेप गार्डिवलाको टिमले शानदार प्रदर्शन गरेको छ ।

काराबाओ कप फुटबलको सेमिफाइनल अन्तर्गत मंगलबार राति भएको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ३–१ को प्रभावशाली जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेड कमजोर देखियो ।

१७ औँ मिनेटमा बर्नार्डो सिल्भाको गोलबाट सिटीले सुरुवाति अग्रता लियो । ३३ औँ मिनेटमा रियाद महरेज तथा ३८ औँ मिनेटमा युनाइटेडका परेइराले आत्मघाती गोल गरेपछि पहिलो हाफमा नै सिटीले ३–० को अग्रता लियो । पछि परेको युनाइटेडका लागि ७० औँ मिनेटमा मार्कश रासफोर्डले एक गोल फर्काएका हुन् ।

सेमिफाइनलको दोस्रो लेग जनवरी २९ मा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us