लिभरपुल १९ औं खेलमा पनि विजयी , १३ अंकको अग्रता कायमै

काठमाण्डु टुडे २०७६ पुष १४ गते ११:५४ मा प्रकाशित

काठमाण्डु , १४ पुस -लगातार १९ औं खेलमा पनि विजय हासिल गरी इङलिश प्रिमियर लिगमा लिभरपुलले आफ्नो १३ अंकको अग्रता कायम नै राखेको छ । १९ खेलमा १८ जीत र १ बराबरीसहित लिभरपुलले १३ अंकको अग्रतासहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ ।
गएराती भएको खेलमा लिभरपुलले वोल्भ्सलाई १–० को गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो मानेले गोल गरेका थिए । मानेले खेलको ४२औ मिनेटमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा अग्रता दिलाएका थिए । खेलमा त्यसपछि कुनै गोल भएन र खेल लिभरपुलले १–० ले जित्यो ।
यो जितपछि लिभरपुलले आफ्नो घरेलु मैदानमा लगातार ५० खेल जितेको किर्तिमान बनाएको छ । लिगमा खेलेका १९ खेलमा १८ जित र एक बराबरीसहित लिभरपुल ५५ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी भन्दा १३ अंकको अग्रता हासिल गरेको लिभरपुल एक खेल कम खेलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us