
एजेन्सी– बलिउडकी मोडल तथा अभिनेत्री जगी जोनको ४५ वर्षको उमेरमा निधन भएको छ । नामुद शेफसमेत रहेकी जगीको शव उनको घरको भान्सामा भेटिएको थियो ।
टिभीमा आउने कार्यक्रम जगिज कुकबुकबाट प्रख्यात बनेकी जगीको शव सबैभन्दा पहिले उनका छिमेकीले देखेका थिए ।
जगीका पार्टनरले उनलाई फोन गरिरहँदा पनि नउठेपछि छिमेकीलाई खबर गरेका थिए । प्रहरीले अहिले यी अभिनेत्रीको शवको पोस्टमार्टम रिपोर्ट कुरिरहेको छ ।
तर, जगीको शरीरमा कुनै चोट नभएका कारण उनको प्राकृतिक मृत्यु भएको हुनसक्ने सम्भावना रहेको बताइएको छ ।
तर, जगीकी आमाले चाहिँ छोरी किचनमा केही पकाइरहेकी छिन् भन्ने सोचेर बसेकी थिइन् । उनको निधन भएको थाहा पाएपछि उनी बेहोस भएकी छिन् ।