लाग्थ्यो म सँग नायकको अनुहार छैन: विक्की

काठमाण्डु टुडे २०७६ पुष ७ गते १४:५७ मा प्रकाशित

एजेन्सी–बलियुडमा आफ्नो लागि महत्वपूर्ण स्थान बनाउन सफल नायक विक्की कौशलले भर्खरको एउटा अन्तरक्रियामा कलेजका दिनहरुमा आफूसँग नायक बन्ने खालको अनुहार नभएजस्तो लाग्ने गरेको रहस्य खुलाए ।

सन्जु, राजी, उरी, मनमर्जीयाँ लगायतका फिल्महरु मार्फत आफ्नो कुसल अभिनय प्रस्तुत गरिसकेका उनी ‘राष्ट्रीय फिल्म पुरस्कार’ र ‘फिल्मफेयर पुरस्कार’ प्राप्तकर्ता हुन् ।

सन् २०१९ को ‘फोर्ब्स इंडियन सेलिब्रिटी’ले सार्वजनिक गरेको १०० सूचीमा उनी पनि पर्न सफल भएका थिए।

उनी शुजित सिरकरको ’उधम सिंह’, करण जोहरको ’तख्त’ र मेघना गुलजारको फिल्म ‘फिल्ड मार्शल साम मानेकशा’ जस्ता फिल्महरू लिएर छिटै दर्शकमाझ आउँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us